PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

दैलखमा जिप दुर्घटना : ६ जनाको मृत्यु, २ जना गम्भीर घाइते 



पी बी खड्का

दैलखमा जिप दुर्घटना : ६ जनाको मृत्यु, २ जना गम्भीर घाइते 

सुर्खेत: दैलेखको ठाँटीकाँध गाउँपालिकामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। भे १ च २२०७ नम्बरको बोलेरो जिप सुर्खेतबाट दैलेखको ठाँटीकाँधका लागि छुटेको थियो। 

दुर्घटनामा चालक रमेश शाही सहित ठाटीकाध गाउँपालिका १ का ३० वर्षीय निर्मला बम र समशेर पुन, वडा नं. ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही र २६ वर्षीय दिलिप शाही, वडा नं. ४ की रत्ना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। 

दुर्घटनामा घाइते भएका दुई जनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको उनले बताए। गाडी सडकदेखि करिब ५० मिटर तल खसेको प्रमुख पोखरेलको भनाई छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell