काठमाडौँ : सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रधानसेनापती छैटौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
बुधवार भएको विभागीय डर्बी फाइनलमा आयोजक त्रिभुवन आर्मीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै एपीएफले लगातार चौथो पटक च्याम्पियन बनेको हो। एपीएफ ४-२ ले विजयी भएको हो।
च्याम्पियन एपीएफले ट्रफीसहित नगद ३ लाख हात पार्यो भने आर्मीले १ लाख ५० हजारमै चित्त बुझायो। यस्तै सेमिफाइनलिस्ट नेपाल पुलिस र प्रदेश नम्वर दुईले समान ५० हजार पाप्त गरे।
निर्धारित ९० मिनेट र थप गरिएको २० मिनेटको समको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो।
खेलको पहिलो हाफमा अनिता बस्नेतले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन्।
पहिलो हाफमा पछि परेको आर्मीका लागि दोस्रो हाफमा विमल चौधरीले बराबरी गोल फर्काइन्।
पेनालटी सुटआउटमा एपीएफका लागि सावित्रा भण्डारी, रेनुका नगरकोटी, अनिता बस्नेत र अनु लामाले गोल गरिन्।
आर्मीका लागि गोलककिपर अन्जना राना मगर र निशा बोहराले गोल गरिन् भने कप्तान कृष्णा खत्रीको प्रहार एपीएफकी गोलकिपर अन्जिला तुम्बापोले बचाइन्।
एपीएफकी गीता राना मगर र आर्मीकी इन्दिरा राईको पेनाल्टी प्रहार पोष्ट भन्दा बाहिर गएको थियो।
एपीएफका प्रशिक्षक जनक सिंहले निर्धारित समयमै जित्नुपर्ने खेल पेनाल्टीसुटआउसम्म पुगेको बताए। 'हामीले अग्रता लिइरहेको बेला दोस्रो हाफमा आर्मीले गोल फर्काएपछि केही दबाबमा पर्यौँ। आफ्नै मिस्टेकले उक्त गोल भयो। तर पेनाल्टीमा खेल जित्यौँ।'
उता आर्मीका प्रशिक्षक किशोर कुमार केसीले आफ्नो योजना आफू सफल भएको र खेल जित्न नसकेपिन खेलाडीको प्रदर्शनबाट सन्तुष्ट भएको प्रतिक्रिया दिए।
'एपीएफ राम्रो टोली हो र राम्रो खेल खेल्यो। उनीहरुको टिममा ८ जना राष्ट्रि खेलाडी छन्।। हामीले उनीहरुलाई खेलेर जित्न सक्दैनौँ भन्ने थाहा थियो। त्यसैले हाम्रो लक्ष्य नै पेनाल्टीसुटआउटमा लैजाने थियौ। त्यसमा सफल भयौँ। तर कप्तान ले नै पेनाल्टी मिस गर्नु नै हारको कारण बन्यो।'
टिम उपविजेता भएपनि आर्मीकी पुनम जर्घा मगर प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भइन् उनले एक थान स्कुटर प्राप्त गरिन्।
यस्तै विधागततर्फ एपीएफकी अन्जिला तुम्बापो उत्कृष्ट गोलकिपर र सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड घोषित भए। आर्मीकी सुनिता चौधरी उत्कृष्ट डिफेण्डर र विमला चौधरी उत्कृष्ट मिडफिल्डर चुनिइन्।
एपीएफलाई च्याम्पियन बनाएका प्रशिक्षक जनक सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए। विधागत उत्कृष्टले समान ५ हजार र ट्रफी पाए।
नेपाल आर्मीले आयोजना गरेको प्रतियोगितामा सात प्रदेशका सात टिम, तीन विभागीय टोली र भारतका दुई गरी १२ टोलीको सहभागिता रहेको थियो।