PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

ए डिभिजन लिग : फ्रेण्ड्स र जावलाखेलले अंक बाँडे



पहिलोपोस्ट

ए डिभिजन लिग : फ्रेण्ड्स र जावलाखेलले अंक बाँडे

काठमाडौँ : ललितपुरका दुई क्लब फ्रेण्ड्स र जावलाखेल युथ क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो अंक जोडेका छन्।

एन्फा कम्प्लेक्स सातदोवाटोमा बुधवार भएको चौथो चरणको अन्तिम खेलमा फ्रेण्ड्स र जावलाखेलले ३-३ को बराबरी खेल्दै १-१ अंक बाँडेका हुन्।

यसअघि लगातार तीन-तीन खेल हारेका यी दुई टोलीले लिगमा अंकको खाता समेत खोलेका छन्।

विकास लामा, फोफोना ब्राहिमन र धिरज श्रेष्ठले एक-एक गोल गरे। यस्तै जावलाखेलका लागि अनुज सिंह, फोडे फोफाना र सुमन डंगोलले गोल गरे।

फ्रेण्ड्स जावलाखेलबीचको खेलपछि चौथो चरणको सम्पूर्ण खेल सकिएको छ।

अहिलेसम्म तीन टोली अपराजित छन् भने मनाङ मर्स्याङ्दी क्लबले शतप्रतिसत जित हात पारेको छ। चारवटै खेल जितेको मनाङ १२ अंकसहित पहिलो स्थानमा छ भने तीन जित र एक बराबरी नतिजासहित १० अंक जोडेको त्रिभुवन बर्मी र हिमालयन शेर्पा दोस्रो र तेस्रो स्थानमा छ।

थ्री स्टार र संकटाले तीन-तीन खेल जितेका छन् गोलअन्तरमा थ्री स्टार चौथो र संकटा पाँचौ स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell