
प्रियांका चोपडा र निक जोनसको विवाह मिति डिसेम्बर २ हो। तर नोभेम्बर २८ बाट नै विवाहका अन्य कार्यक्रम सुरु हुनेछ।
हालै बलिउडका दुई स्टार दीपिका पादुकोण र रणवीर सिंहले इटालीमा बिहे गरेका थिए। उनीहरुले कोन्कानी र शिख रितिबाट बिहे गरे। द हिन्दुस्तान टाइम्सका अनुसार प्रियांका र निकको बिहे पनि दुई रितिले हुने भएको छ। उनीहरु क्रिश्चियन र हिन्दु रितिले विवाह गर्नेछन्।
उनीहरुको विवाह जोधपुरको उमेद भवनमा हुनेछ। बिहे लगतै डिसेम्बर ६ मा प्रियांका सिक्किम पुग्नेछिन्। फिल्म 'पाहुना'को पत्रकार सम्मेलनमा उनी दुई देखिनेछन्। विवाहका लागि यतिखेर निकका परिवार जोधपुर पुगिसकेका छन्।