PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

ने क पाले टुङ्गो लगायो प्रदेश कमिटीका सदस्य, नाम भने अझै गोप्य



विधुर ढकाल

ने क पाले टुङ्गो लगायो प्रदेश कमिटीका सदस्य, नाम भने अझै गोप्य

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले प्रदेश कमिटीको एकताको टुंगो लगाएको छ। अाज बसेको ने क पाको सचिवालय बैठकले प्रदेश कमिटीमा रहने सदस्यहरूको टुंगो लगाएको हो। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको अाज साँझ बसेको बैठकले सातै प्रदेशका कमिटी सदस्यहरूको नाम टुंग्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

सदस्यहरूको टुंगो लगाए पनि नाम भने सार्वजनिक गरिएको छैन। नाम बिहीवार मात्र सार्वजनिक गरिने उनले जानकारी दिए।  नेकपाले यसअघि प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज, सहइञ्चार्ज तोकिसकेको छ।

अाज बसेको बैठकले केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन भने गर्न सकेन्। कार्यविभाजन टुंग्याउन भोली पुनः सचिवालय बैठक बस्ने उनले जानकारी दिए। 

भोलि बस्ने बैठकमै जिल्ला कमिटीका अध्यक्ष तथा इञ्चार्जहरू टुंग्याइनेसमेत प्रवक्ता श्रेष्ठले जानकारी दिए। ने क पाले प्रदेश कमिटी सदस्यको नामावाली टुंग्याउन महासचिव विष्णु पाैडेल र सचिवालय सदस्य रामबहादुर थापा सम्मिलित कार्यदल बनाएको थियो। कार्यदलले शुक्रबार सचिवालयमा प्रतिवेदन पेश गरेको थियो। तर सचिवालयमा मत नमिल्ला केन्द्रीय सदस्यको जिम्मेवारी टुंगो लाग्न सकेको छैन। 

सचिवालयले केन्द्रीय सदस्यहरूलार्इ भूगोलको जिम्मा दिने गरी तयारी थालेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell