PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

आजदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू  



पहिलोपोस्ट

आजदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू  

काठमाडौँः शुक्रबारदेखि काठमाडौँमा हुने एसिया प्यासफिक समिटको सवारी व्यवस्थापनका लागि भन्दै उपत्यकामा सञ्चालन हुने सवारीमा आजदेखि जोर बिजोर प्रणाली लागू भएको छ। आज (बिहीबार) र शनिबार उपत्यकामा बिजोर नम्बर प्लेटका सवारी साधनमात्र चल्नेछन्। शुक्रबार र आइतबार जोर नम्बर प्लेटका सवारी साधन चल्नेछन्।

सम्मेलनमा विशिष्ठ व्यक्तिको प्रतिनिधित्व रहने भएकाले सवारी व्यवस्थापनका लागि गृह मन्त्रालयको निर्देशन अनुसार जोर बिजोर प्रणाली लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

पढ्नुस्ः काठमाडौँ ठप्प पार्ने गरी कुन आइएनजिओले सम्मेलन गर्दैछ? यस्ता छन् यसका विवादास्पद गतिविधि

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू हुने छैन। उपत्यका बाहिरका लामो दूरीका सवारी साधनको हकमा पनि जोर बिजोर प्रणाली लागू हुने छैन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell