PahiloPost

May 15, 2025 | २ जेठ २०८२

हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि ठोरी माडी मार्ग अवरुद्ध



राधेश्याम पटेल

हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि ठोरी माडी मार्ग अवरुद्ध

चितवन: हात्तीको आक्रमणबाट चितवन माडीका दुई महिलाको मृत्यु भएपछि त्यहाँका बासिन्दाले सडक अवरुद्ध पारेका छन्। बुधबार साँझ हात्तीको आक्रमणमा परी माडी नगरपालिका–९ की ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया त्रिष्णाकाली पौडेलको मृत्यु भएको थियो।

दिउँसो घरबाट घाँस काट्नका लागि रिउखोलातर्फ जाने क्रममा उनीहरुलाई जङ्गली हात्तीले आक्रमण गरेको वडाध्यक्ष शिवहरि पौडेलले जानकारी दिए। हात्तीको आक्रमणबाट दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको थियो।


यसै घटनाको विरोधमा माडीबासीले टमटा चोकमा मुढा र पाइप तेर्स्याएर सडक अवरुद्ध पारेका हुन्। आफूहरु वन्यजन्तुबाट असुरक्षित रहेको भन्दै उनीहरुले सरकारले नसुनेसम्म आन्दोलन जारी राख्ने बताएका छन्। त्यसैगरी निकुञ्ज प्रशासनले पनि स्थानीयको सुरक्षामा ध्यान नदिएको उनीहरुको गुनासो रहेको छ। सरकारले समस्याको उचित समाधान निकाल्नुपर्ने उनीहरुको माग छ। यस क्षेत्रमा दुइ सय घर धुरी रहेको र वडाध्यक्ष पौडेलले जानकारी दिए।

पाँच दिन अघि मात्र यही गाउँकी सोनिया बोट हात्तीको आक्रमणमा परी घाइते भएकी थिइन् भने २ महिनाअघि यही वडाको बगइका एक जनाको बाघको आक्रमणमा परी मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell