PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

अब सबै सांसदले टेबुल ठोक्न पाउने



पहिलोपोस्ट

अब सबै सांसदले टेबुल ठोक्न पाउने

काठमाडौं : संघीय संसदको प्रतिनिधि सभाका सम्पूर्ण सदस्यहरुले अब टेबल ठोक्न पाउने भएका छन्। यसअघि आधा सदस्यहरुले मात्र टेबल पाएका थिए भने आधाले कुर्सीमात्र पाएका थिए।

हलभित्र टेबल व्यवस्थापन गर्नमा समस्या भएकाले २ सय ७५ सदस्यीय प्रतिनिधि सभाका आधा सांसदका लागि मात्र टेबलको सुविधा थियो। अहिले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सगरमाथा हलमा प्रतिनिधि सभाको आउँदो अधिवेशनका लागि बैठक हल रिनोभेट गरिँदैछ।

सदनमा अधिकांश प्रस्तावहरु ध्वनि मतका आधारमा पारित गर्नुपर्ने हुन्छ जसका लागि सांसदहरुले आफू अगाडिको टेबल बजाएर ध्वनि निकाल्ने गर्छन्। 

टेबल नहुँदा सांसदहरुलाई समस्या हुने गरेको थियो। संसद सचिवालयका अनुसार कुर्सीलाई व्यवस्थापन गरी टेबल हालिँदैछ। यसैगरी साउण्ड सिस्टममा पनि सुधारको तयारी भइरहेको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell