काठमाडौं: फिल्म ‘छक्का पञ्जा ३’ले प्रदर्शनको ५१ औँ दिन पार गरेको छ। गत घटस्थापना देखि प्रदर्शनमा आएको फिल्मले १३ वटा हलमा ५१ औँ दिन मनाएको हो। यसअघि ‘छक्का पञ्जा’ले १०१ दिन र ‘छक्का पञ्जा २’ ले ५१ औँ दिन मनाएका थिए।
फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। फिल्मले उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गङ्गा सिनेमा बालाजु , गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन पार गरेको हो।
यसैगरि मोफसल अन्तर्गत कालिका सिनेमा बुटवल, क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगंज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो।
फिल्ममा दीपकसँगै जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाईं, शिवहरी पौडेल, शिशिर बांग्देल, नीर शाह, किरण केसी, जयनन्द लामालगायतको अभिनय छ।
आमा सरस्वती मुभिजको प्रस्तुति रहेको फिल्ममा दीपकराज गिरीको कथा, दीपक शर्मा र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द, कविराज गहतराज र प्रविन सिंहको नृत्य निर्देशन, पुरुषोत्तम प्रधानको छायाँकन, सुनयमान सुजिल कर्माचार्यको पार्श्वसंगीत छ। दीपाश्रीले फिल्मलाई कमेडी विथ कन्टेन सम्बोधन गरिन्। उनले भनिन् ‘५१ औँ दिनको अवसरमा सम्पूर्ण दर्शक, मिडियाकर्मी तथा हल संचालकलाई धन्यवाद दिन चाहन्छु।’