PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

विवादित कार्यक्रममा सहभागी विदेशी नेतालाई संसद सचिवालयको खर्चमा डिनर



बीपी साह

विवादित कार्यक्रममा सहभागी विदेशी नेतालाई संसद सचिवालयको खर्चमा डिनर

काठमाडौं : विवादास्पद धार्मिक संस्था युनिभर्सल पिस फेडेरेसनको आयोजनामा भएको एसिया प्यासेफिक समिटमा सहभागी विदेशी नेता र सांसदलाई संसद सचिवालयले रात्रीभोज गराउने भएको छ।

नेपाली कांग्रेसको विरोध र सामाजिक संजालमा चर्को आलोचना भएपछि सह आयोजक रहेको सरकारले कार्यक्रमबाट आफूलाई बाहिर राखेको थियो। आयोजकको नामबाट सह-आयोजक हटाए पनि पत्रकारलाई वितरण गरिएको पासमा सह आयोजक सरकार नै छ। साथै अर्थ मन्त्रालयले समेत कार्यक्रमका लागि बजेट दिइसकेको छ।  

संसद सचिवालय स्रोतका अनुसार एसिया प्यासेफिक समिटमा सहभागी हुने विदेशका सांसद, नेता तथा सभामुखलाई आइतबार साँझ डिनरबाट सम्मान गर्न लागिएको हो। सचिवालयको खर्चमा हुने डिनर कार्यक्रम ह्यात होटलमा हुनेछ। यो समिटमा दुई देशका सभामुख पनि सहभागी हुँदैछन्। उनीहरुका साथै शीर्ष नेता र सांसद ह्यातको डिनरमा सहभागी हुनेछन्।

आयोजक संस्था किन विवादित हो? के के छन् यसका काण्ड? पढ्न यहाँ क्लिक गर्नुस्

सह संयोजकबाट हटेको देखाए पनि सरकारले कार्यक्रम आयोजनाका लागि चार दिन सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ। त्यसअनुसार एक दिनमा जोर र अर्को दिन विजोर सवारी साधनमात्र सडकमा गुड्न पाउँछन्। सरकारको यो कदमले सर्वसाधारणको भने विचल्ली भएको छ। सरकारको यो कदमले जनताले कति सास्ती भए त? थाहा पाउन यहाँ क्लिक गर्नुस् र हेर्नुस् फोटोहरु
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell