PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

न्युरोड गेट नजिकै पैदल यात्रुलाई कारले दियो ठक्कर, १० जना घाइते



पहिलोपोस्ट

न्युरोड गेट नजिकै पैदल यात्रुलाई कारले दियो ठक्कर, १० जना घाइते

काठमाडौं : न्यूरोड गेट नजिकै कारले ठक्कर दिँदा १० जना घाइते भएका छन्।

बा १८ च ४८७३ नम्बरको कारले ठक्कर दिँदा १० जना पैदल यात्रु घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जयराज सापकोटाले जानकारी दिए।

एसपी सापकोटाले भने,' सवारी अनियन्त्रित भई पैदल हिँडिरहेका १० जना मानिसलाई ठक्कर दिएको बुझियो। सबैको अवस्था अहिलेसम्म सामान्य नै छ। घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell