PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

गोंगबुबाट अपहरित ८ वर्षीय बालकको हत्या : झोलामा पोको पारी फालेको शव भेटियो, समातिए आफ्नै ड्राइभर



पहिलोपोस्ट

गोंगबुबाट अपहरित ८ वर्षीय बालकको हत्या : झोलामा पोको पारी फालेको शव भेटियो, समातिए आफ्नै ड्राइभर

काठमाडौं : गोंगबुबाट अपहरणमा परेका बालकको हत्या भएको छ। ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरी फालिएको भेटिएको हो।

बालकको शव प्रहरीले म्हेपी पुल नजिकै झोलामा पोको पारेर फालेको अवस्थामा भेटाएको महानगरीय अपराध अनुसन्धान महाशखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए। बालकका बुबा प्रवीण कुमार मित्रनगरमा स्वस्तिक त्रिवेणी गेष्ट हाउस संचालक हुन्। बालकलाई मंसिर ११ गते उनकै होटेलमा काम गर्ने गाडी चालकले अपहरण गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

चालक महेन्द्र सार्कीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। सार्की करिब २ महिनायता गेस्ट हाउस गाडी चालकको रुपमा कार्यरत थिए। बालकका बुबाअामा होटलमा नभएको मौका छोपी बालकको अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

चालक : महेन्द्र सार्की



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell