PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

फिफा वरीयतामा नेपाल एक स्थान तल, बेल्जियम शीर्ष स्थानमा यथावत



पहिलोपोस्ट

फिफा वरीयतामा नेपाल एक स्थान तल, बेल्जियम शीर्ष स्थानमा यथावत

काठमाडौँ : फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नोभेम्वर महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १६२औँ स्थानमा पुगेको छ।

अक्टववर महिनामा पनि नेपाल एक स्थान तल झरेको थियो। नेपाल दक्षिण एसियाली राष्ट्रहरुमध्ये तेस्रो स्थानमा छ।

दक्षिण एसियामा भारत सबैभन्दा अघि ९७औँ स्थानमा यतावत छ भने एक स्थान तल झरेको माल्दिभ्स १५२औँ स्थानमा छ। यसैगरी दुई स्थान सुमार गरेको भुटान १८६औँ स्थानमा उक्लेको छ।

बंगलादेश पनि दुई स्थान सुधार गर्दै १९२ औँ स्थानमा उक्लेको छ भने पाकिस्तान १९९औँ स्थानमा यथावत छ।

विश्व वरीयतामा भने बेल्जियम शीर्ष स्थानमा यथावत छ। यस्तै फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र क्रोएसिया चौथो, इंगल्याण्ड पाँचौमा स्थानमा यथावत छ। पोर्चुगल छैटौँ स्थानमा उक्लँदा उरुग्वे सातौँ स्थानमा झरेको छ।

स्वीट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दशौँ छन्। एक स्थान सुधार गर्दै अर्जेन्टिना ११औँ स्थानमा उक्लेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell