PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

बिहीवार नै नेपाल प्रदर्शनमा ‘टु पोइन्ट ‌ओ', भारतमा पर्‍यो उजुरी



पहिलोपोस्ट

बिहीवार नै नेपाल प्रदर्शनमा ‘टु पोइन्ट ‌ओ', भारतमा पर्‍यो उजुरी

काठमाडौं : बलिउड कै महँगो भनिएको फिल्म ‘टु पोइन्ट ‌ओ’ (2.0) प्रदर्शनमा आएको छ। फिल्म ६,८०० पर्दामा एकसाथ प्रदर्शनमा आएको हो। फिल्मको ओपनिङ उत्साहपूर्ण रहेको मिडियाले जनाएको छ। रजनिकांत र अक्षय कुमार अभिनित फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन्।

हालै सेलर ओपरेटर एसोसियसन अफ इन्डिया (सिओएआइ)ले फिल्म विरुद्ध प्रहरीमा उजुरी गरेको छ। फिल्मले मोबाइल फोन प्रयोग गर्दा फोनको विकिरणले मानवमा पार्ने प्रभावको कथा बोलेको छ।

संसार मानव जातिका लागि मात्र नभइ चराचुरुङ्गीको समेत रहेको सारलाई  फिल्मले देखाइएको छ। सिओएआइले फिल्मले वैज्ञानिक प्रविधि विरुद्धको कथा समेटेको बताउँदै प्रहरीमा उजुरी गरेको हो। फिल्मको ट्रेलर, प्रमोस्नल भिडियो र टिजर अनि सर्टिफिकेट रद्ध गर्न सिओएआइले उजरी गरेको थियो। तर,त्यसो भएन।

प्रदर्शन अगावै फिल्मको दुई दिनको एड्भान्स बुकिङ सोल्ड आउट भइसको भारतीय मिडियामा उल्लेख छ। 

बिहिवार नै नेपालमा पनि रिलिज  

‘टु पोइन्ट ‌ओ’ बिहिवार नै नेपाल प्रदर्शनमा आयो। चाडपर्व बाहेक नेपाली फिल्म अन्य समय शुक्रबार मात्र प्रदर्शनमा आउने सम्झौता छ। तर पछिल्लो समय विदेशी फिल्महरु भने बिहीवार पनि प्रदर्शनमा आउन थालेका छन्।

चलचित्र संघको महासचिव अर्जुन श्रेष्ठले आफूहरुले नेपाली फिल्म प्रदर्शनको सम्झौता मात्र गरेको बताए। उनले ‘टु पोइन्ट ‌ओ’को बिहीवार प्रदर्शनबारे बोल्न चाहेनन्।   

'चलचित्र निर्माता संघ र चलचित्र संघले नेपाली फिल्महरु शुक्रबार प्रदर्शन गर्ने सम्झौता गरेका थियौं’, उनले भने ‘निर्माताको हितमा चाडपर्वको अवसरमा भने बुधबार, बिहिबार र शुक्रबार फिल्म प्रदर्शन गर्न पाइने सहमति गरेका थियौं। अब अन्य विदेशी फिल्मबारे हाम्रो सरोकार भएन।‘
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell