
काठमाडौँ : युएईमा भइरहेको टी-१० क्रिकेटमा केरला किंग्सबाट खेलेका नेपालका सन्दीप लामिछानेले खराब बलिङ गरिका छन्।
नर्थन वारयिर्सविरुद्धको खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै कूल ४७ रन खर्चिए भने कुनै विकेट लिन सकेनन्। उनले १२ बल फाल्दा ७ बलमा छक्का प्रहार भएको थियो। सन्दीपले एक बल मात्र डट फालेका थिए।
टी-१० क्रिकेटमा सन्दीप विकेटविहीन भएको यो लगातार दोस्रो खेल हो। त्यसअघिका तीन खेलमा भने सन्दीपले लगातार विकेट लिएका थिए। अहिलेसम्म पाँच खेल खेल्दा सन्दीपको नाममा ६ विकेट छ।
सन्दीपले वारियर्स विरुद्ध आफ्नो पहिलो ओभरमा २२ र दवस्रो ओभरमा २५ रन खर्चिएका थिए। सन्दीपमाथि वेष्ट इन्डियन हार्ड हिटर ब्याट्सम्यानहरु हाबी भए। उनको बलमा निकोलस पुरनले ४ तथा आन्द्रे रसेलले ३ छक्का प्रहार गरे।
सन्दीपले खराब बलिङ गरेको खेलमा केरला नर्थन वारियर्ससँग ८ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको केरालाले १० ओभरमा २ विकेट गुमाएर १०१ रन बनाएको थियो। वारियर्सले उक्त लक्ष्य ७.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो।