PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

एनएनआइपीए अवार्ड पुस दोस्रो साता



पहिलोपोस्ट

एनएनआइपीए अवार्ड पुस दोस्रो साता

काठमाडौँ : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए)ले एनएनआइपीए उत्कृष्ट खेलाडी अवार्ड–२०७४ पुस १३ गते प्रदान गर्ने भएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको राखेप च्याम्पियनसिपमा समावेश विभिन्न २९ खेलका खेलाडीलाई नगदसहित सम्मान गरिने खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बिहीबार मंगलबजारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। प्रत्येक खेलका १ खेलाडीलाई नगद १० हजारसहित सम्मान गरिने छ।

२९ खेलमा फुटबल, पौडी, भलिबल, टेबलटेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, लनटेनिस, सफ्ट टेनिस, कबड्डी, फेन्सिङ, हक्की, स्क्वास, सेपाकताक्रो, साइक्लिङ, खोखो, बास्केटबल, आईटीएफ तेक्वान्दो, ब्याडमिन्टन, ट्रायथलन, ह्यान्डबल, कराते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथलेटिक्स, गल्फ र कुस्ती छन्।

यहि खेल मध्येबाट १–१ पुरुष-महिला सर्वोत्कृष्ट खेलाडी चयन गरी छुट्टै नगद पुरस्कारबाट पनि सम्मान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए। सर्वोत्कृष्ट खेलाडीको पुरस्कार राशी कम्तीमा २५ हजार हुने आयोजकले जनाएको छ।

यसैगरी गजराज जोशी आदर्श खेलाडी सम्मान तथा एनएनआईपीए खेलकुद पत्रकारिता सम्मान पनि प्रदान गरिने छ। आदर्श खेलाडीको २५ हजार र खेलकुद पत्रकारिताको १५ हजार पुरस्कार राशी रहेको छ। अवार्ड कार्यक्रम पाटन दरबार स्क्वायरमा हुनेछ र ललितपुर महानगरपालिका वडा नं. १६ स्थानिय आयोजक रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell