
काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजबाट पाँचौ चरणको खेल सुरु हुँदैछ। जसअन्तर्गत आज दुई खेल हुनेछ।
उपाधि दाबेदारको रुपमा रहेको थ्री स्टार क्लब र नेपाल पुलिस क्लबको लागि आजको खेल महत्वपूर्ण छ।
पुलिसले पहिलो खेलमा बिहान ११ बजे एनआरटीसँग खेल्दैछ। यस्तै दोस्रो खेलमा थ्री स्टारले साढे २ बजे एपीएफसँग प्रतिस्पर्धा गर्नेछ।
दुवै खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।
चार खेलबाट ९ अंक जोडेको थ्री स्टार अंकतालिकामा चौथो तथा समान खेलबाट ७ अंक रहेको पुलिस छैटौँ स्थानमा छ।
यसैगरी एपीएफ ४ अंकसहित नवौँ स्थानमा छ भने एक अंक मात्र हरेको एनआरटी पूछारमा छ।