
घोराहीः घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुन नजिक गएराति एक व्यवसायीको हत्या भएको छ। घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजिक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार हिजो बेलुकी करिब ८ बजेतिर घर्ती बेवारिसे अवस्थामा फेला परेपछि उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो। हत्यामा संलग्न भएको आशङ्कामा हिजै साँझ प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको गरेको र उनी अनुसन्धानकै क्रममा रहेको प्रमुख पाण्डेले बताए।
हत्या भएका घर्तीको टाउको, छातीमा ठूलो घाउ थियो। रासस