PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दुल्लुः दैलेखको महाबु गाउँपालिका–४ मा गएराति भएको ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

दैलेख सदरमुकामबाट सिमेन्ट लिएर महाबु गाउँपालिका जाँदै गरेको भे१त ६४२० नम्बरको ट्याक्टर दुर्घटनामा महाबु गाउँपालिका–४ का ४९ वर्षीय गगनप्रसाद पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिए।

सो दुर्घटनामा घाइते भएका नारायण नगरपालिका–३ का ट्याक्टर चालक झलकबहादुर हमालको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell