PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

विवादपछि पहिलोपटक बस्दै राजपाको बैठकः सरकारलाई दिएको समर्थन फिर्ता पहिलो एजेण्डा



पहिलोपोस्ट

विवादपछि पहिलोपटक बस्दै राजपाको बैठकः सरकारलाई दिएको समर्थन फिर्ता पहिलो एजेण्डा

काठमाडौँः अध्यक्ष मण्डलको संयोजक परिवर्तनपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डल बैठक पहिलोपटक बस्न लागेको छ।

राजेन्द्र महतो संयोजक भएपछि पहिलोपटक आज दिउँसो एक बजे बैठक बस्न लागेको हो। बैठकको पहिलो एजेण्डा नै सरकारबाट समर्थन फिर्ता लिने रहेको छ। तर बैठकमा विवादित विषयहरु उठ्ने सम्भावना रहेको छ।

यसअघि बैठक बोलाइए पनि विवादका कारण सबै नेताहरु बैठकमा बस्न सक्ने वातावरण बन्न सकेको थिएन।

महासचिव केशव झाका अनुसार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बैठक बस्नेछ।

संसदीय दलका नेता महन्थ ठाकुर स्वास्थ्य उपचारका लागि आइतबार दिल्ली जाँदैछन्। त्यसअघि नै केही निर्णय हुने सम्भावना रहेको महासचिव झाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell