
काठमाडौं : यो साता शुक्रबार प्रदर्शनमा नेपाली फिल्म 'शान्ति' र बलिउड ‘टु पोइन्ट ओ'(2.0) छन्। प्रतिक्षित मानिएको ‘टु पोइन्ट ओ' विहिबार नै नेपाल प्रदर्शनमा आएको हो।
'शान्ति'लाई दिनेश लिङ्देनले निर्देशन गरेका हुन्। फिल्ममा सुशिल क्षेत्रीको मुख्य अभिनय छ। फिल्ममा हरि उप्रेतिको गीत, विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द र जानु राईको छायाँकन छ।
‘टु पोइन्ट ओ'मा रजनिकांत र अक्षय कुमारको मुख्य अभिनय छ। फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन्। बलिउड कै महँगो भनिएको फिल्म ‘टु फिल्म ६,८०० पर्दाबाट विहिबार नै एकसाथ प्रदर्शनमा आएको हो। फिल्मले मल्टिप्लेक्समा राम्रै स्थान पाएको छ।