PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सरकार संघीयताको विपक्षमा उभियो : कांग्रेस नेता निधि



पहिलोपोस्ट

सरकार संघीयताको विपक्षमा उभियो : कांग्रेस नेता निधि

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा कामै गर्न नसकेको आरोप लगाएको छ। 

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार संघीयताको विपक्षमा उभिएको आरोप समेत लगाए। शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार संघीयता विरुद्ध उभिएकाले त्यसको सशक्त विरोध गर्नु परेको पनि स्पष्ट पारे। 

उपसभापति निधिले आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताए। उनले संघीयता, गणतन्त्र, समावेशिता र संविधान कार्यान्वयनको पक्षमा आफ्नो पार्टी अझै सशक्त ढंगले अघि बढेन तयारीमा रहेको बताए। 

उपसभापति निधिले पार्टी भित्र गुट-उपगुट नरहेको दाबी गरे। पार्टीको विधान मस्यौदामाथि फरक मत रहे पनि त्यसलाई गुट-उपगुटको रूपमा बुझ्न नहुने उनको भनाइ थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell