
प्रियांका चोपडा र हलिउड गायक निक जोनस विवाहका लागि भारतको जोधपुरमा रहेको उमेद भवनमा पुगिसकेका छन्। परिवारका अन्य सदस्यहरुको जोधपुर पुग्नेक्रम जारी छ।
डिसेम्बर २ मा उनीहरु क्रिश्चियन रिति अनुसार विवाह गर्दैछन्। त्यसपछि उनीहरुले हिन्दु रिति अनुसार विवाह गर्ने द हिन्दुस्तान टाइम्समा उल्लेख छ। शुक्रबार उनीहरुको मेहेन्दी र संगीत कार्यक्रम हुनेछ। नोभेम्बर ३० मा हल्दी लगाउने कार्यक्रम हुनेछ।
विवाहका लागि निकका बुवा पल जोनस, आमा डेनिस, दाइहरु जोइ जोनस र केभिन जोन पनि जोधपुर पुगिसकेका छन्। जोइकी फियन्से एवं 'गेम अफ थ्रोन'की हिरोइन सोफी टर्नर पनि जोधपुर पुगेकी छिन्। त्यस्तै प्रियांकाकी आमा मधु चोपडा र बहिनी परिणिती चोपडा विवाह अघिका कार्यक्रममा लागि जोधपुर पुगिसकेका छन्।
हलिउडको टिभी सिरिज 'क्वान्टीको'मा अभिनय गरेकी प्रियांकाले पछिल्लो समय प्रख्यात रेस्लर डोयन जोनसोन (द रक) सँग 'बेवाच' गरेकी थिइन्। विवाहमा डोयन पनि उपस्थित हुनेछन्। निकले पनि 'जुमान्जी'मा डोयनसँगै काम गरेका थिए। उनीहरुको विवाहमा बलिउड र हलिउड फिल्मकर्मीको उपस्थिति रहनेछ।