PahiloPost

Jul 5, 2025 | २१ असार २०८२

निर्मला पन्तको पोस्टर पोलमा टाँस्नेहरु पक्राउ, किन समातिए? प्रहरी भन्छ : समिटको सवारी मिलाउन



पहिलोपोस्ट

निर्मला पन्तको पोस्टर पोलमा टाँस्नेहरु पक्राउ, किन समातिए? प्रहरी भन्छ : समिटको सवारी मिलाउन
फोटो : कमलमणिको फेसबुकबाट

काठमाडौँ : कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्याराको खोजीमा दवाव दिन राजधानीका पोलपोलमा पोस्टर टाँस्दै हिँड्ने १० जनाभन्दा बढीलाई प्रहरीले आज पक्राउ गरेको छ। 

शुक्रवार दिउँसो माइतीघर मण्डलामा पोस्टर टाँस्नेहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होमिन्द्र बोगटीले जानकारी दिए।

प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। ‘काठमाडौंमा हुन लागेको एशिया प्याशिफिक समिटमा भिआइपीहरुको सवारी भएकाले उनीहरुको सुरक्षालाई ध्यानमा राख्दै नियन्त्रणमा लिएका हौं,'  डिएसपी बोगटीले भने।

केही समय नियन्त्रणमा लिएर उनीहरुलाई छोड्ने प्रहरीले जनाएको छ। घटना भएको चार महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै सरकार प्रति आक्रोश बढ्दै गएको छ। प्रहरीले निर्मलाको लागि न्याय लेखेर पोलमा टाँसेका पोष्टर समेत च्यातेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell