काठमाडौँ : रन्जन विष्टले दई गोल गरेपछि विभागीय टोली एपीएफलाई पराजित गर्दै रुस्लान थ्री स्टा पल्सर सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ।
पाँचौ चरणको दोस्रो खेलमा थ्री स्टारले एपीएफलाई २-० ले पराजित गरेको हो। एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा थ्री स्टारका लागि दुई गोल नै एपीएफका पूर्व खेलाडी रन्जन विष्टले गरे।
रन्जनले खेलको दुवै हाफमा एक-एक गोल गरे। २५औँ मिनेटमा सुनिल बलको क्रसमा रन्जनले पहिलो गोल गरेका थिए। ६६औँ मिनेटमा अनिल गुरुङको फ्लिक हेडिङ पासमा रन्जनले दोस्रो गोल गरे।
आफ्नै पूर्व क्लब विरुद्ध गोल गरेका रन्जनले सेलेब्रेसन भने गरेनन्।
चौथो जितपछि पाँच खेलबाट थ्री स्टार १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ। समान १२ अंक रहेको मनाङ मर्स्याङ्दी भन्दा गोल अन्तरमा अगाडी रहँदै थ्री स्टार कम्तीमा एक दिनको लागि शीर्ष स्थानमा उक्लेको हो। थ्री स्टारले अहिलेसम्म सबैभन्दा धेरै १२ गोल गरिसकेको छ भने ४ गोल खाएको छ। उसको गोलअन्तर ८ छ। मनाङको गोलअन्तरमा ६ छ।
एक खेल कम खेलेको मनाङ हालसम्म शतप्रतिशत नतिजा हात पार्ने एक्लो टोली हो। मनाङले थ्री स्टारसमेत पराजित गरिसकेको छ।
मनाङले शनिवार सरस्वती युथ क्लबसँग खेल्दैछ।