PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

निर्मलाका लागि न्याय खोज्न खोज्दा, प्रहरीको नियन्त्रणमा परे अभियन्ता

निर्मलाका लागि न्याय खोज्न खोज्दा, प्रहरीको नियन्त्रणमा परे अभियन्ता

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : कञ्चनपुरमा भएको बलात्कार र हत्यामा संलग्नलाई समात्न दवाव दिने उद्देश्यले आज राजधानीका विभिन्न ठाउँमा पोस्टरिङ भयो। मारिएकी निर्मलालाई न्याय माग्दै पोस्टर टाँसिएको थियो।

बलात्कारपछि हत्या भएको ४ महिना बितिसक्दा पनि घटनामा संलग्न अपराधीलाई प्रहरीले पहिचानसमेत गर्न सकेको छैन। हत्याराको पहिचानमा सरकारको कदमप्रति आक्रोशित समूहले आज पोस्टर टाँस्दै हिँडेको हो। नयाँ युग आरम्भ भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टरले काठमाडौंका सडकबत्तीका पोलहरु सजिएपछि न्यायका लागि आवाज उठाउनेहरु आक्रोशित भएका थिए। उनीहरुले तिनै ठाउँमा निर्मलाको तस्बिर टाँग्ने प्रयाससमेत गरेका छन्।

आज पोस्टरिङ गरिरहेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै निर्मलाका लागि न्याय खोज्नुपर्ने संदेशसहितको पोस्टरसमेत प्रहरीले च्यातेर मिल्काएको छ। हेर्नुस् अभियन्ताको प्रयास र प्रहरीको हस्तक्षेप -  


ट्रेन्डिङ पोस्ट

Ncell