PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

टी-१० क्रिकेट : सन्दीप लगातार तेस्रो खेलमा विकेटविहिन, टाइगर्स विरुद्ध एक ओभरमात्र बलिङ



पहिलोपोस्ट

टी-१० क्रिकेट : सन्दीप लगातार तेस्रो खेलमा विकेटविहिन, टाइगर्स विरुद्ध एक ओभरमात्र बलिङ

काठमाडौँ : युएईमा भइरहेको टी-१० क्रिकेटमा नेपालका सन्दीप लामिछाने लगातार तेस्रो खेलमा विकेटविहिन बनेका छन्।  बेंगाल टाइगर्स विरुद्धको खेलमा उनले एक ओभर मात्र बलिङ गर्दा २० रन खर्चिए भने कुनै विकेट लिन सकेनन्।

खेलको दोस्रो ओभर नै बलिङ गरेका सन्दीपलाई टाइगर्सका सुनिल नारिनले ३ छक्का प्रहार गरेका थिए। पहिलो ओभरमै धेरै रन खाएपछि केरलाका कप्तान इयान मोर्गनले सन्दीपलाई दोस्रो ओभर बलिङ गर्न दिएनन्।

सुरुको तीन खेलमा विकेट लिएका सन्दीप त्यसपछिको तीन खेलमा भने महँगा सावित भए भने विकेट लिन सकेनन्। सन्दीपले ६ खेलबाट ६ विकेट लिए।

सन्दीपले विकेट नलिएको खेलमा केरलाले भने शुक्रवार टाइगर्सलाई ७ विकेटले पराजित गरेको छ। साविक विजेता समेत रहेको केरालाले यस सिजन यो दोस्रो जित हो। आजको जितपछि ६ खेलबाट ५ अंक जोडेको केरला ८ टिम सम्मिलित लिगमा छैटौँ स्थानमा छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell