PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

इपीएल : पोखरा राइनोजले भित्र्यायो चौथो विदेशी खेलाडीको रुपमा सन्नी भिमसारिया



पहिलोपोस्ट

इपीएल : पोखरा राइनोजले भित्र्यायो चौथो विदेशी खेलाडीको रुपमा सन्नी भिमसारिया

काठमाडौँ : यही मंसिर २२ देखि काठमाडौँङ्गा सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल)-२०१८ का लागि पोखरा राइनोजले चौथो विदेशी खेलाडीलाई पनि अनुबन्ध गरेको छ। राइनोजले नेपालमै जन्मेका र हाल हङकङको लागि खेल्दै आएका सन्नी भिमसारियालाई चौथो विदेशीको रुपमा अनुबन्ध गरेको जनाएको छ।

राइनोजले यसअघि नै दक्षिण अफ्रिकाका रिचर्ड लेभी, स्कटल्यान्डका केयल कोट्जर र इंग्ल्याण्डका पउल कघ्लिनलाई अनुबन्ध गरिसकेको छ।

इपीएलको नियमनुसार एउटा टोलीमा चार विदेशी खेलाडी राखेपनि खेलमा भने तीन जनामात्र खेल्न पाउछन्।

भिमसारियाले २०११ देखि २०१३ सम्म हङकङ यू-१९ टोलीबाट खेलेका थिए भने २०११ देखि हङकङ ‘ए’ टोलीबाट खेल्दै आएका छन्। उनको टोली कोवलुन क्यानटनले यसै वर्ष हङकङ टी-२० ब्लिज जितेको थियो।

‘म नेपालमा गएर पोखरा राइनोजबाट खेल्न उत्साहित छु, नेपाल मेरो जन्मथलो पनि हो र सुरुआती वर्षमा विभिन्न तरिकाले मेरा क्रिकेटको भोक नेपालले मेटाएको थियो। मैले नेपालको क्रिकेट विकासलाई पछ्याउदै आएको छु र पोखरा राइनोजबाट म पनि यो यात्रामा सहभागी हुन पाउँदा खुशी छु।’ भिमसारियाले राइनोजको विज्ञप्तीमा भनेका छन्।

राइनोजकी मालिक कोहिनुर अग्रवालले पनि भिमसारियाले युवा उमेरमै राम्रो प्रदर्शन गरेको र उनीजस्तो क्षमतावान युवा खेलाडीलाई टोलीमा भित्र्याउन पाउन सौभाग्य भएको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell