
काठमाडौँ : नेपाली राष्ट्रिय टिमका नम्वर वान गोलकिपर किरण चेम्जोङ सम्मिलित टिसी स्पोर्ट्स माल्दिभ्सको धिवेही प्रिमियर लिगको च्याम्पियन बनेको छ।
टिसीलाई पहिलो पटक लिग च्याम्पियन बनाउन गोलकिपर किरणको उत्कृष्ट प्रदर्शन गरे।
शुक्रबार भएको खेलमा न्यु रेडियन्ट र माजियाले ४-४ गोलको बराबरी खेलेपछि टिसी स्पोर्टसले एक खेल अघि नै लिग उपाधि पक्का गरेको थियो।
यद्यपी लिगको अन्तिम खेलमा टिसी स्पोर्टसले क्लब ईगलसंग ४-४ गोलकै बराबरी खेल्यो।
पहिलो पटक लिग च्याम्पियन बनेको टिसीले लिग विजेता टिसीले १६ खेलबाट ४० अंक जोडेको थियो।
टिसीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका किरण लिगका सर्वोकृष्ट गोलकिपर घोषित भए।