
काठमाडौँ : सिएमजी संकटाले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा चौथो जित हात पारेको छ। लिग अन्तर्गत शनिवार भएको खेलमा संकटाले च्यासल युथ क्लबलाई २-१ ले पराजित गरेको हो।
सिजनको चौथो जितपछि पाँच खेलबाट १२ अंक जोडेको संकटा अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। शीर्ष स्थानको थ्री स्टार र मनाङ मर्स्याङ्दीसँग समान अंक भएपनि संकटा गोल अन्तरमा पछि छ।
लगातार चार खेल जित्दै शतप्रतिशत नितजा हात पार्ने एक्लो टोलीको रुपमा रहको मनाङको १२ अंक छ। मनाङले आजै सरस्वती युथ क्लबसँग खेल्दैछ र शीर्ष स्थानमा पुग्ने मौका रहेको छ।
हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा संकटाले २३औँ मिनेटमा अग्रता लिएको थियो। अमित तामाङले पेनाल्टीमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए।
दोस्रो हाफमा सुरुमै संकटाले अग्रता दोब्बर पार्यो। ४८औँ मिनेटमा विदेशी खेलाडी म्याक्सवेलले संकटाका लागि दोस्रो गोल गरे। ८७औँ मिनेटमा च्यासलका लागि सन्तोष साउखलले पेनाल्टीमार्फत एक गोल फर्काएपनि त्यो हार टार्न पर्याप्त भएन।
विमल घर्ती मगर, हेमन्त थापा मगर, सन्तोष साउखल, कप्तान देवेन्द्र तामा जस्ता खेलाडी भएको च्यासलको यो तेस्रो हार हो।
हलचोकमा खेलेको तीनवटै खेलमा च्यासल पराजित भएको छ। च्यासलले एन्फा कम्प्लेक्समा मछिन्द्रसँग बराबरी खेलेको थियो भने एनआरटीलाई ५-१ ले पराजित गरेको थियो। पाँच खेलबाट ४ अंक मात्र रहेको च्यासल अंकतालिकामा