PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

प्रिमियर लिग : शीर्ष स्थानको सिटीलाई ५ अंकको अग्रता

प्रिमियर लिग : शीर्ष स्थानको सिटीलाई ५ अंकको अग्रता

पहिलोपोस्ट /पहिलोपोस्ट


प्रिमियर लिगमा लिग लिडर म्यानचेष्टर सिटीले शनिवार एएफसी बर्नमाउथलाई ३-१ ले पराजित गरेको छ। उक्त जितपछि सिटीले दोस्रो स्थानको लिभरपुलसँग ५ अंकको अग्रता समेत कायम गरो छ।

जितपछि सिटीको १४ खेलबाट ३८ अंक भएको छ। एक खेल कम खेलेको लिभरपुलको ३३ अंक छ। लिभरपुलले भोली एभरटनसँग खेल्दैछ। यस सिजन प्रिमियर लिगमा सिटी र लिभरपुल मात्र अपराजित छन्।

घरेलु मैदान एतिहाड स्टेडियममा सिटीका लागि बर्नार्डो शिल्भा, रहिम स्टर्लिङ र इकाए गुन्डागोनले एक-एक गोल गरे बर्नमाउथका लागि कलुम विलसनले एक गोल गरे।

पहिलो हाफमा सिटीका शिल्भाले गोल गर्दै अग्रता दिलाएपनि विलसनले बराबरी गोल फर्काएका थिए। दोस्रो हाफमा स्टर्लिङ र गुन्डागोनले गोल गरेपछि सिटीले सहजै ३ अंक जोडेको हो।

शनिवारै भएको अन्य खेलमा लेस्टर सिटीले वाटफोर्डलाई २-० ले, वेष्टह्यामले न्यूकासललाई ३-० ले, क्रिस्टल प्यालेसले वर्नलीलाई २-० ले पराजित गरेको छ। यस्तै कार्डिफ सिटीले वर्भरह्याम्पटनलाई र ब्राइटनले हडर्शफिल्डलाई समान २-१ ले पराजित गरेको छ।

फोटो : प्रिमियरलिग



ट्रेन्डिङ पोस्ट

Ncell