PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

ला लिगा : अंकदूरी घटाउँदै रियल मड्रिड



पहिलोपोस्ट

ला लिगा : अंकदूरी घटाउँदै रियल मड्रिड

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई २-० ले पराजित गरेको छ। जितपछि रियलले अंक तालिकामा एक स्थान सुधार गरेको छ भने शीर्ष स्थानको सेभियासँग दूरी ३ मा झारेको छ।

रियलका लागि घरेलु मैलानमा लुकास भजक्वेजले एक गोल गरे। भ्यालेन्सियाका ड्यानिएल वासले एक आत्मघाती गोल गरे।

१४ खेलबाट २३ अंक जोडेको रियल पाँचौ स्थानमा उक्लेको हो। एक खेल कम खेलेको सेभिया २६ अंकसहित पहिलो र बार्सिलोना २५ अंकसहित दोस्रो स्थानमा छ।

यस्तै एट्लेटिको मड्रिड २४ अंकका साथ तेस्रोमा छ भने २३ अंक रहेको अलाभेज रियल भन्दा गोलन्तरमा अगाडी छ।

यस्तै स्पानयोललाई ३-० ले पराजित गर्दै गेटाफे सातौँ स्थानमा उक्लेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell