
जर्मन बुण्डेसलिगामा यस सिजन उत्कृष्ट प्रदशर्न गरिरहेको बोरुसिया डर्टमण्डले अपराजित यात्रालाई १२ खेलसम्म पुर्याएको छ। १३औँ चरणको खेलमा डर्टमण्डले फेइवर्गलाई २-० ले हरायो।
यस सिजन डर्टमण्डले १० खेल जितेको छ भने तीन खेलमा बराबरी नतिजा निकालेको छ।
डर्टमण्डलाई जिताउन मार्को रिउस र पाको अल्कासेरले गोल गरे।
जितपछि १३ खेलबाट ३३ अंकसहित डर्टमण्ड शीर्ष स्थानमा आसिन छ। यो साविक विजेता वायर्न म्युनिखको भन्दा ९ अंक बढी हो।
वेडर ब्रेमेनलाई २-१ ले पराजित गरेको वायर्नको १३ खेलबाट २४ अंक छ र तेस्रो स्थानमा रहेको छ। वायर्नका लागि सर्जी नाब्रीले दुबै गोल गरे।
एक खेलमा खेलेको बोरुसिया मोन्चेनग्लाडबाक २६ अंकसहित दोस्रो स्थानमा छ।