PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

सिरी ए : युभेन्ट्स १४औँ खेलसम्म अपराजित, रोनाल्डोको गोल



पहिलोपोस्ट

सिरी ए : युभेन्ट्स १४औँ खेलसम्म अपराजित, रोनाल्डोको गोल

इटालियन सिरी ए मा क्रिस्टियानो रोनाल्डोले गोल गर्ने क्रम जारी रहँदा युभेन्ट्ले अपराजित यात्रालाई १४ खेलसम्म पुर्‍याएको छ।

गएराती भएको खेलमा फियोरेन्टिनालाई उसैको मैदानमा ३-० ले पराजित गर्दै युभेनट्सले सिजनको १३औँ जित हात पारेको हो। उक्त खेलमा पेनाल्टीबाट एक गोल गरेका रोनाल्डोले यस सिजन लिगमा १० गोल गरिसकेका छन्। युभेन्ट्सका लागि रोड्रिगो बेन्टाकुनर र जर्जियो किलेइनीले पनि एक-एक गोल गरे।

जितपछि युभेनट्सले १४ खेलबाट ४० अंक जोड्दै दोस्रो स्थानको नेपोलीसँग ११ अंकको अग्रता बनाएको छ। एक खेल कम खेलेको नेपोलीको २९ अंक छ।

क्रिस्टियानो रोनाल्डोले २०१८ मा लिगमा ३२ गोल गरिसकेको छन् र यो युरोपको टप फाइभ लिगमा सबैभन्दा धेरै हो। लियोनल मेसीले २८ गोल गरेका छन्।

यसैगरी रोनाल्डोले इटालियन लिगमा युभेन्ट्सका लागि पहिलो सिजनमा लिगको सुरुवाती १४ खेलमा १० गोल गर्ने कीर्तिमान पनि बराबरी गरेका छन्।

सन् १९५७ मा वेल्समा जोहन चार्ल्सले पहिलो सिजनको लिगको सुरुवाती १४ खेलमा १० गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell