PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

ए डिभिजन लिगमा आज तीन खेल हुँदै, पहिलो जितको खोजीमा मछिन्द्र, जावालखेल र फ्रेण्ड्स



पहिलोपोस्ट

ए डिभिजन लिगमा आज तीन खेल हुँदै, पहिलो जितको खोजीमा मछिन्द्र, जावालखेल र फ्रेण्ड्स

काठमाडौँ : पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज पाँचौ चरणको अन्तिम तीन खेल हुँदैछ।

जसमध्ये दुई खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा र एक खेल हलचोकस्थित एपीएफको मैदानमा हुनेछ।

एन्फा कम्प्लेक्समा बिहान ११ बजे मछिन्द्र र फ्रेण्ड्स भिड्दैछन्। यस्तै दिउँसो साढे २ बजे त्रिभुवन आर्मी र हिमालयन शेर्पाबीच खेल हुनेछ।

साढे २ बजे नै हलचोकमा ब्रिगेड ब्वाइज र जावलाखेल युथ क्लबबीच खेल हुनेछ।

आर्मी र शेर्पा लिगमा अपराजित छन्। दुवैले चार खेल खेल्दा तीन र जित र एक बराबरीबाट समान १० अंक जोडेका छन्। गोल अन्तरमा आर्मी अगाडी छ। आर्मी चौथो र शेर्पा छैटौँमा छ। पाँच खेलबाट १० अंक नै रहेको नेपाल पुलिस पाँचौमा छ।

आर्मी र शेर्पालाई आजको खेलमा जित हात पार्दै दोस्रो स्थानमा उक्लने मौका छ। अपराजित रहँदै खेलेको सबै पाँच खेल जितेको मनाङ मर्स्याङ्ली १५ अंकसहित शीर्ष स्थानमा छ। पाँच खेलबाट समान १२ अंक रहेका थ्री स्टार र संकटा दोस्रो र तेस्रोमा छ।

यस्तै मछिन्द्र, फ्रेण्ड्स र जावलाखेल अझै पहिलो जितको खोजीमा छ। चार खेलबाट मछिन्द्रले २ तथा जावलाखेल र फ्रेण्ड्सले समान एक अंक जोडेको छ। यी तीन क्लबसँग एनआरटी अहिलेसम्म जितविहिन छन्।

 

आजको खेल

मछिन्द्र भर्सेस फ्रेण्ड्स    : बिहान ११ बजे, एन्फा कम्प्लेक्स

आर्मी भर्सेस शेर्पा        : दिउँसो २:३० बजे, एन्फा कम्प्लेक्स

ब्रिगेड भर्सेस जावलाखेल   : दिउँसो २:३० बजे, हलचोक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell