PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु



पहिलोपोस्ट

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

दमौलीः तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय शुकबहादुर विक रहेका छन्।

उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सिलिङ भन्ने ठाउँबाट घिरिङ बजारमा पराल लिएर आउँदै गरेको ना६त ६८६० नम्बरको ट्याक्टर सडकबाट १०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell