PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

स्यान्टु र नवीता च्याम्पियन



पहिलोपोस्ट

स्यान्टु र नवीता च्याम्पियन

काठमाडौँ : नेपाल प्रहरिका स्यान्टु श्रेष्ठ र नवीता श्रेष्ठले १०औं पूर्णमान बज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन्।

राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको फाइनलमा स्यान्टुले एपीएफका अमरलाल मल्ललाई ६–११, ११–७, ११–९, ११–४, ८–११, ११–७ को सेटमा पराजित गरे। काठमाडौंका चन्दन शाही र एपीएफका शिवसुन्दर गोथे संयुक्त रुपमा तेश्रो भए।

महिला सिंगल्सको उपाधि भिडन्तमा नविताले टाइम्स इन्टरनेसनलकी रविना महर्जनलाई ११–७, ११–१३, ११–७, ११–८, ११–३ को सेटमा हराइन्। प्रहरीकी एलिना महर्जन र एपीएफकी सेलिशा खड्गी तेश्रो भए। पुरुष-महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५-५ हजार नगद पुरस्कार हात पारे।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४० वर्षमाथि उमेश मानन्धर, ५० वर्षमाथि कपुर शर्मा र ६० वर्षमाथि उदयमोहन श्रेष्ठ पहिलो भए।

स्कुलतर्फ डबल्सको ब्वाइजमा एन्जल लर्डका स्वीकार लामा र निमेश लिम्बू तथा गल्र्समा ह्वाइटफिल्डकी कृतिका अग्रवाल र दिया मगैयाको जोडी पहिलो भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell