PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

धनगढी कन्सर्टमा अमृत गुरुङले सम्झे द्वन्दकाल

धनगढी कन्सर्टमा अमृत गुरुङले सम्झे द्वन्दकाल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपथ्यको धनगढी कन्सर्ट सम्पन्न भएको छ।  पुर्वको बिर्तामोडबाट मंसिर ४ गते सुरुभएको नेपथ्यको सांगीतिक यात्रा धरान, बुटवलहुँदै धनगढीमा सकिएको हो।

चौथो पटक धनगढीमा गुञ्जिँदा नेपथ्यका मुख्य गायक अमृत गुरुङले द्वन्दकाल सम्झे। उनले भने ‘यो ठाउँ आउँदा मलाई द्वन्द्वकालको दिनहरुमा हामीले गरेका यात्राको सम्झना हुन्छ, अब चाहिँ युद्धपछि सुधारोन्मुख नेपाल देखापर्न लागेकामा खुशी छु।’

ब्याण्डले २०६२ सालमा ‘सुन्दर शान्त नेपाल’ र तीन पटक ‘शान्तिको लागि शिक्षा’ संगीत यात्रा अभियान गरेको थियो। म्यूजिक भिडियोको प्रस्तुतीका साथ ब्याण्डले कन्सर्ट सुरु गरेको थियो। दर्शकलाई ब्याण्डले दुई घन्टासम्म ब्याण्डका नयाँ पुराना गीतहरु सुनाए।

ब्याण्ड स्थापनाको २५ वर्ष पुगेको अवसरमा ‘दाताज इभेन्ट’ र ‘द मान्सन नेपाल’ले धनगढीमा कार्यक्रम आयोजना गरेको थियो।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell