काठमाडौं : मङ्सिर २२ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने 'रग्बी फेस्टिभल तथा लाइभ म्युजिक'मा अभिनेत्री स्वस्तिमा खड्काले प्रस्तुती दिने भएकी छन्। कार्यक्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा प्रस्तुती दिने आयोजकको दावी छ।
नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफीसमेत सार्वजनिक गरिनेछ।
कार्यक्रममा निशुल्क प्रवेश रहनेछ। कार्यक्रममा स्वस्तिमासँगै गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुँवर, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइनलागायतले प्रस्तुती दिनेछन्। कार्यक्रम बिहान १० बजेदेखि साँझ ७ बजे सम्म हुने आयोजकले जनाएको छ।