बलिउड अभिनेत्री प्रियांका चोपडा र हलिउड गायक निक जोनस आइतबार हिन्दु रिति अनुसार विहे गर्देछन्। उनीहरुले शनिबार क्रिश्चियन रितिले विवाह गरेको 'द हिन्दुस्तान टाइम्स'मा उल्लेख छ।
निक र प्रियांकाका विवाहका तस्वीर सार्वजनिक हुन थालेका छन्। प्रियंकाले मेहेन्दीको तस्वीर इन्स्टाग्राममा राख्दै विवाहले दुई परिवार र सँस्कृतिलाई जोडेको बताइन्। उनले लेखेकी छिन् 'हाम्रो विवाहले दुई परिवार अनि सँस्कृतिलाई जोडेको छ। भारतीय विवाहको महत्वपुर्ण पक्ष नै मेहेन्दी हो।निक र मेरो सपना पुरा भयो।'
बलिउड र हलिउड कलाकारले उनीहरुलाई विवाहको सुभकामना दिएका छन्। मेट गालाबाट प्रेम सम्बन्धमा रहेका निक र प्रियांकाले भारतको जोधपुरमा रहेको उमेद भवनमा विवाह गरेका हुन्।
विवाहका लागि निकका बुवा पल जोनस, आमा डेनिस, दाइहरु जोइ जोनस र केभिन जोन जोधपुरमा छन्। जोइकी फियन्से एवं 'गेम अफ थ्रोन'की हिरोइन सोफी टर्नर पनि विवाहका लागि जोधपुर आइपुगेकी थिइन्। त्यस्तै प्रियांकाकी आमा मधु चोपडा र बहिनी परिणिती चोपडा विवाह कार्यक्रममा व्यस्त छन्।