PahiloPost

Jul 4, 2025 | २० असार २०८२

कतार हुने भयो 'द भ्वाइस अफ नेपाल'को ग्रान्ड फिनाले



पहिलोपोस्ट

कतार हुने भयो 'द भ्वाइस अफ नेपाल'को ग्रान्ड फिनाले

काठमाडौं :  गायन रियालिटी सो 'द भ्वाइस अफ नेपाल'को ग्रान्ड फिनाले कतारमा हुने भएको छ। आगामी डिसेम्बर १४ तारिखमा कतारको दोहा स्थित एसियन टाउन ग्रान्डमल सनैयामा फिनाले हुने आयोजकले जनाएको छ।

'ग्रिनग्रास ट्रेडिङ एलएलसी' र 'याक एण्ड यती इभेण्ट म्यानेजमेण्ट'ले कार्यक्रम आयोजना गर्न लागेको हो। फिनाले कार्यक्रकबारे आयोजकले कतार स्थित विभिन्न संघसस्थासँग छलफल थालेको आयोजक एंव एनआरएनए आइसिसि मध्यपुर्व क्षेत्रीय उपसंयोजक प्रवीण गुरुङले जानकारी दिए।

 रियालिटी सोलाई नेपाली दर्शकले रचाएका छन्। सोका निर्णायकमा गायक दिप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा छन्। विश्वका १९१ राष्ट्रमा सफल प्रसारण भइरहेको सिङ्गिङ रियालिटी सो द भ्वाइसलाई लक्ष्मण पौडेलले निर्देशन गरेका हुन्।

विजेताले २५ लाख रुपैँया एउटा कार र २० लाख बराबरको एल्वम कन्टय्राक्ट एवं वर्ल्ड टुरको मौका पाउनेछन्। अहिले सोमा १० जना प्रतिस्पर्धी छन्।  उत्कृष्ट ८ जनाले भने कतारमा प्रतिस्पर्धा गर्नेछन्। अब नेपालमा सोका दुई एपिसोड मात्र छायाँकन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell