PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

रमा शर्मालाई 'भारती खरेल पुरस्कार २०७५'

रमा शर्मालाई 'भारती खरेल पुरस्कार २०७५'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : साहित्य साधनाको क्षेत्रमा प्रदान गरिने 'भारती खरेल' २०७५ पुरस्कार प्राध्यापक रमा शर्मालार्इ प्रदान गरिएको छ।  भारती खरेल प्रतिष्ठानको आयोजनमा साहित्यसाधिका तथा भत्तिमती भारती खरेलको ८१ औं जयन्तीको अवसरमा उनलार्इ सो सम्मान दिइएको हो।

प्रदेश नं ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले रमा शर्मालाई प्रमाणपत्र सहित ५१ हजार रुपैँया नगद पुरस्कार प्रदान गरेकी थिइन्। रमाले विगत ५ दशकदेखि नेपाली भाषा साहित्यको विकास विस्तारमा पुर्‍याएको योगदानको सम्मान गर्दै यो सम्मान प्रदान गरिएको कार्यक्रममा जनाइएको थियो।  

वि सं २०४९ बाट प्रदान गर्न सुरु गरिएको यो  पुरस्कार डायमन सम्शे राणा, केशवराज पिडाली, गोपालनिधि तिवारी, माधुरी भट्टराई, शिवगोपाल रिसाललगायतले प्राप्त गरिसकेका छन्।
 

 



ट्रेन्डिङ पोस्ट

Ncell