PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

दक्षिण एसियाली यू-२१ ब्याडमिन्टनमा भारतलाई ६ स्वर्ण



पहिलोपोस्ट

दक्षिण एसियाली यू-२१ ब्याडमिन्टनमा भारतलाई ६ स्वर्ण

काठमाडौँ : काठमाडौँमा सम्पन्न दक्षिण एसियाली यू-२१ ब्याडमिन्टन च्याम्पियनसिपमा भारतले आफ्नो वर्चस्व कायम राख्दै ६ स्वर्ण जितेको छ।

नेपाल ब्याडमिन्टन संघको आयोजना तथा ब्याडमिन्टन एसियाको विकास कार्यक्रम अन्तर्गत भएको च्याम्पियनसिपमा भारतले पुरुष र महिला एकल, मिश्रित युगल, महिला र पुरुष युगलको स्वर्ण जितेको हो। त्यसअघि नै भारतले मिश्रित टिमको पनि स्वर्ण जितेको थियो।

पुरुष एकलतर्फ भारतका प्रियान्सु रजावतले श्रीलङ्काका रन्थुस्का ससिन्दुलाई १६-२१, २१-१६, २१-१७ ले पराजित गरे। नेपालका नवीन श्रेष्ठ र सुनिल जोशीले कास्य पदकमा चित्त बुझाए।

यस्तै महिला एकलमा भारतकी माल्भिका बान्सोदले आफ्नै देशकी पूर्वा बार्वेमाथि २१-१२, २१-८ ले हराइन्। मालदिभ्सकी फथिमाथ नवाह र श्रीलङ्काकी हसिनी अम्बालङ्गगोड्गेले कास्य पाए।

हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भएको प्रतियोगिताको मिश्रीत युगलतर्फ पनि बिष्णुबर्दना गाउड र तनिशा क्राष्टोको जोडीले भारतको लागि स्वर्ण जिते। गाउड र क्राष्टोको जोडीले श्रीलङ्काका रन्थुस्का ससिन्दु र दिल्मी डायसको जोडीलाई २१-१०, २१-१६ ले हराए। नेपालका रशिला महर्जन र प्रफुल महर्जन तथा बंगलादेशका फारविन विन्ते ईम्दाद हृदिता र सयद साकेर मोहम्मद सिवगतको जोडी तेश्रो भए।

महिला युगलमा पनि भारतका पूर्बा बार्वे र तनिशा क्राष्टोका जोडीले मालदिभ्सका जुम्ल्याहा दिदि बहिनी अमिनाथ नविहा र फाथिमाथ नवाहलाई २१-१४, २१-१८ ले पराजित गरे। तेश्रो स्थानमा बंगलादेशका रश्मि अक्तर र उर्मी अक्तर तथा नेपालका जेशिका गुरुङ्ग र सुनैना मुखियाको जोडी रहे।

पुरुष युगलतर्फ भारतका बिष्णुबर्दन गौड पान्जला र ध्रुव रावतको जोडीले नेपालका नविन श्रेष्ठ र प्रिन्स दाहालको जोडीलाई २१-१६, १७-२१, २१-१७ ले पराजित गरे।

भारतले यस अघि मिश्रीत टिमतर्फको स्वर्ण पदक पनि जितेको थियो। यसका साथै भारतले छ वटै स्वर्ण पदक आफ्नो देश लगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell