PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

प्रिमियर लिग : चेल्सी तेस्रो स्थानमा उक्लियो



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सी तेस्रो स्थानमा उक्लियो

फुलहमलाई पराजित गर्दै लण्डन क्लब चेल्सी प्रिमियर लिगको अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

आइतवार भएको खेलमा चेल्सीले फुलहमलाई २-० ले पराजित गर्‍यो।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि चौथो मिनेटमै पेड्रोले गोल गर्दै अग्रता दिलाएका थिए।

खेल सकिन आठ मिनेट अघि रुबेन लोफ्टस चिकले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरेका थिए।

जितपछि चेल्सीले १४ खेलबाट ३१ अंक जोडेको छ। समान खेलबाट ३८ अंकहसित म्यानचेष्ष्टर सिटी शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको लिभरपुल ३३ अंकहसित दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell