PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

बसको ठक्करबाट तनहुँमा एकको मृत्यु



पहिलोपोस्ट

बसको ठक्करबाट तनहुँमा एकको मृत्यु

दमौलीः बसको ठक्करबाट तनहुँमा आइतबार राति एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–१ बस्ने विकास गन्धर्व रहेका छन्।

म्याग्दीको बेनीबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग १ ख ७३७३ नम्बरको बसले बन्दीपुर गाउँपालिका–४ विमलनगरमा पैदलयात्री गन्धर्वलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट घाइते गन्धर्वको उपचारको क्रममा दमौली अस्पतालमा राति १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा छन्। गन्धर्वको शव दमौली अस्पतालमा राखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell