PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

प्रिमियर लिग : डिभोक ओरिगीले इन्जुरी टाइममा गोल गरेपछि लिभरपुल विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : डिभोक ओरिगीले इन्जुरी टाइममा गोल गरेपछि लिभरपुल विजयी

सुपर सव डिभोक ओरिगीले इन्जुरी टाइममा गोल गरेपछि प्रिमियर लिगमा आइतवार लिभरपुलले एभरटनलाई पराजित गरेको छ।

८४औँ मिनेटमा रोवर्टो फिर्मिनोको स्थानमा मैदान प्रवेश गरेका ओरिगीले इन्जुरी टाइमको छैटौँ मिनेटमा हेडरमार्फत गोल गर्दै लिभरपुललाई १-० को जित दिलाए।

उक्त जितपछि १४ खेलबाट ३३ अंक जोडेको लिभरपुलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदूरी २ मा झारेको छ। दोस्रो स्थानको लिभरपुलले तेस्रो स्थानको चेल्सिसँग ५ अंकको अग्रता समेत बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell