PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

नेमार र एमबाप्पेले गोल गर्दा पनि पीएसजीले जित्न सकेन



पहिलोपोस्ट

नेमार र एमबाप्पेले गोल गर्दा पनि पीएसजीले जित्न सकेन

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा यस सिजनको पहिलो बराबरी खेलेको छ।

स्टार खेलाडीद्वय नेमार र किलियन एम्बाप्पेले गोल गरेपनि बोर्डेक्ससँग २-२ को बराबरीमा रोकिएपछि पीएसजीले लिगमा पहिलो पटक अंक बाँडेको हो। यसअघि लगातार १४ खेल जितेको पीएसजीको शतप्रतिशत विजय यात्रा रोकिएको छ।

बराबरीपछि पनि १५ खेलबाट ४३ अंकसहित पीएसजी शीर्ष स्थानमा आसिन छ भने दवस्रो स्थानको मोन्टेपिलरमाथि १४ अंकको अग्रतता कायम राखेको छ।

बोर्डेक्सको मैदानमा नेमारले ३४औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलांएका थिए। जिम्मी ब्रिएन्डले ५३औँ मिनेटमा बोर्डेक्सका लागि बराबरी गोल फर्काए। एम्बाप्पेले ६६औँ मिनेटमा गोल गर्दै पीएसजीलाई पुन: अग्रता दिलाएका थिए। तर ८४औँ मिनेटमा घरेलु मैदानमा आन्द्रेस कवर्नलिउसले गोल गरेपछि पीएसजी अंक बाँड्न बाध्य भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell