PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

संगीतमा कस्ती देखिइन् प्रियांका?



पहिलोपोस्ट

संगीतमा कस्ती देखिइन् प्रियांका?

अभिनेत्री परिणिती चोपडाले अमेरिकन गायक निक जोनसलाई चोपडा परिवारमा स्वागत गरेकी छिन्। दिदी प्रियांका चोपडाको संगीतका तस्वीर सार्वजनिक गर्दै उनले इनस्टाग्राम मार्फत भिनाजु निकलाई परिवारमा स्वागत गरेकी हुन्।

संगीतमा केटा पक्ष र केटी पक्षको नृत्य बलिउड स्टाइलले भएको इनस्टाग्राममा उनले लेखेकी छिन्। सार्वजनिक तस्वीरमा प्रियांका अनि परिणिती डान्सिङ मुडमा देखिन्छन्। प्रियांका साडीमा देखिएकी छिन्। उता परिणितीले लेहेङ्गा पहिरेकी छिन्।


यतिखेर निकका बुवा पल जोनस, आमा डेनिस, दाइहरु जोइ जोनस र केभिन जोन जोधपुरमा छन्। जोइकी फियन्से एवं 'गेम अफ थ्रोन'की हिरोइन सोफी टर्नर पनि विवाहका लागि जोधपुर आइपुगेकी थिइन्। प्रियांकाकी आमा मधु चोपडा पनि संगीत कार्यक्रममा देखिन्। नृत्यका लागि प्रियांकाका हिट फिल्मका गीतहरु बजाइएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell