PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

भावी प्रधान न्यायाधीशको नाम भएन सिफारिस, संवैधानिक परिषद्को बैठक स्थगित



पहिलोपोस्ट

भावी प्रधान न्यायाधीशको नाम भएन सिफारिस, संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं : भावी प्रधान न्यायाधीश सिफारिस गर्न आज डाकिएको संवैधानिक परिषदको बैठकले विषयप्रवेश लगत्तै स्थगित भएको छ। पाँच नयाँ सहित ८ आयोगका विषयमा पनि निर्णय गर्ने तयारी बैठक स्थगित रहेलगत्तै रोकिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी केन्द्रीय समिति बैठक रहेकाले सबै विषयमा छलफल गर्न नभ्याइने भन्दै बाहिरिएका थिए।

प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल पुस १८ गते सकिँदैछ। त्यसको एक महिना अघि नै संवैधानिक परिषदको बैठकले भावी प्रधान न्यायाधीशको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। सिफारिसपछि संसदीय सुनुवाइको प्रकृया सुरु हुन्छ। 

न्याय परिषद्ले वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम रोस्टरअनुसार पठाएको छ। यी दुईमध्ये एकलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने भएकाले सबैको चासो परिषदको बैठकमा थियो। यसअघि सिफारिस गरिएका जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएकाले परिषदले अब के गर्छ भन्ने चासो सबैमा थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell