PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

'नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिज' भोलीबाट, २० देशका १७८ खेलाडीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

'नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिज' भोलीबाट, २० देशका १७८ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ : 'योनेक्स सनराइज नेपाल इन्टनरनेशनल ब्याड्मिन्टन सिरिज-२०१८' भोलीबाट काठमाडौँमा सुरु हुँदैछ।

ब्याड्मिन्टन वर्ल्ड फेडेरेसन र ब्याड्मिन्टन एसियाको कार्यक्रम अन्तर्गत नेपाल ब्याड्मिन्टन संघले आयोजना गर्ने यस सिरिज मंसिर १८ देखि २२ गतेसम्म सशस्त्र प्रहरी बलको हलचोकस्थित हलमा सञ्चालन हुनेछ।

यस सिरिजमा नेपाल लगायत विश्वका २० देशका कूल १७८ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक नेपाल ब्याडमिन्टन संघले जनाएको छ।

संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठका अनुसार यो विश्व ब्याड्मिन्टनको तेस्रो ग्रेडको टुर्नामेन्ट हो। 'हामीले लगातार तेस्रो पटक यो सिरिज गर्दैछौँ। विश्वमा ब्याडमिन्टमा सुपर सिरिज र ग्रा पी पछि यो तेस्रो ग्रेडको सिरिज हो। त्यसमध्ये नेपालमा हुने सिरिजमा धेरै खेलाडीको सहभागिता रहनेछ।' श्रेष्ठले भने।

सिरिजमा ११७ पुरुष र ६१ महिला खेलाडी पाँच इभेन्टमा प्रतिसपर्धा गर्नेछन्। जसअन्तर्गत मेन्स सिंगल्समा सबैभन्दा धेरै ७७ खेलाडी छन्। यस्तै वुमन्स सिंगल्समा ४३ जना छन् भने मेन्स डबल्समा ३६ जोडी, वुमन्स डबल्समा १८ र मिक्स डबल्समा ३२ जोडी सहभागि हुनेछ।

नेपालबाट पुरुष १६ र महिला १३ गरी कूल २९ खेलाडीले प्रतिस्पर्धा गर्ने श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार यस  सिरिजमा मलेसिया र भारतबाट दोस्रो रोजाईका खेलाडीहरु आउने र अन्य देशबाट टप लेभलकै खेलाडी आउनेछन्।

नेपाल, भारत र मलेसियासँगै सिरिजमा अमेरिका, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, थाइल्याण्ड, मौरिसस, भुटान, श्रीलंका, बंगलादेश, पाकिस्तान, इरान, मंगोलिया, माल्दिभ्स, भियतनाम, बहराइन, म्यानमार र सिंगापुरका खेलाडी आउनेछन्।

यस सिरिज खेल्न आउनेमध्ये सबैभन्दा उच्च वरियताको खेलाडी भियतनामको रहेको संघले जनाएको छ। भियतनामका पुरुष खेलाडी विश्व वरीयतामा ६०औँ स्थानमा छन्।

संघका अध्यक्ष श्रेष्ठले यस सिरिज नेपाली खेलाडीको लागि ठूलो अवसर रहेको बताए। 'नेपालमा यो सिरिज हुन थालेपछि नेपाली खेलाडीले पनि धेरै इन्टरनेशनल सिरिजमा भाग लिन पाएका छन्। यहाँ खेल्ने खेलाडीबीचमा धेरै ग्याप नहुने भएकोले नेपाली खेलाडीले पनि टप फाइट दिन सक्छ। यस लगत्तै हाम्रा खेलाडी सिरिज खेल्न बंगलादेश जानेछन् र त्यहाँबाट पर्केर अमेरिका जाँदैछन्।'

नेपाली खेलाडीहरु अहिले खेलिरहेकै अवस्थामा रहेकाले क्लोज क्याम्प राख्न नपाएपनि सिरिज खेल्नका लागि तयारी अवस्थामा रहेको श्रेष्ठको भनाई छ।

यसैगरी ब्याड्मिन्टन एसियाका डेभलपमेन्ट कमिटी चियर मुसा नासिदले पछिल्लो समय नेपाली ब्याडमिन्टनमा धेरै परिवर्तन भएको बताउँदै नेपाली ब्याड्मिन्टनलाई हेर्ने ब्याड्मिन्टन एसियाको हेर्न नजर पनि राम्रो रहेको बताए। उनले विभिन्न विकास कार्यक्रम मार्फत नेपाल जस्ता एसियन मुलस्कहरुलाई ब्याड्मिन्टन एसियाले सहयोग गरिरहेको र एसियामै हुने टोकियो २०२० मा ओलम्पिकमा एसियन खेलाडीहरुले उच्च प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

नासिदले विकास कार्यक्रमहरुको मुख्य उदेश्य सिनियर र जुनियर खेलाडीबीचको ग्यापलाई कम गर्नु रहेको बताए।

कूल पुरस्कार राशी एक हजार अमेरकी डलर रहेको यस नेपाल इन्टनरनेशनल ब्याड्मिन्टन सिरिजमा सिंगल्सतर्फको विजेताले ७ सय ५० तथा डबल्सतर्फका विजेताहरुले ७ सय ९० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्। सबै इभेन्टमा अन्तिम १६ सम्म पुग्ने खेलाडीले नगद पुरस्कार पाउने संघका अध्यक्ष श्रेष्ठले बताए।

यस सिरिजको अनुमानित लागत ४० लाख रहेको र त्यसका लागि योनेक्स, ब्याड्मिन्टन एसिया र राखेपको सहयोगले नगद सहयोग गर्ने श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell